- प्रा.पवन कुमार साह
डिजिटल भुक्तानीका एपले सेवाग्राहीलाई द्रुत सुविधिा नदिदा साख गुम्ने खतरा बढेको देखिन्छ । आइतबार दिनभरजसो इसेवा ठप्प रह्यो । इसेवाको माउ कम्पनी एफवनसफ्टले बनाएका अन्य बैंकका मोबाइल वालेट पनि चलेनन् । बैंकमा पैसा छ भनेर ढुक्कसँग बसेका सेवाग्राही त्यतिबेला निराश बने, जतिबेला कुनै कारोबार हुन सकेन । पूर्व जानकारीविना अकस्मात मोबाइल वालेट एप चल्न छाडेपछि राजस्व संकलनमा पनि असर प¥यो । पुसको अन्तिम दिन सरकारी कर र राजस्व तिर्नेहरूले अनलाइनबाट पैसा तिर्न पाएनन्, जबकि त्यो दिन धेरै राजस्व र कर संकलन हुने गर्छ ।
’प्राविधिक समस्या देखाएर राजस्व संकलन प्रभावित पार्ने नियत राखेको देखिन्छ,।
अनलाइन कारोबारमा उल्लेख्य उपस्थिति जनाएका इसेवा लगायत मोबाइल वालेटको विश्वसनीयता पछिल्लो समय घट्दै गइरहेको छ । जतिबेला पनि ठप्प हुन सक्ने जोखिमसहित गोपनीयता र विश्वसनीयता दुवैमा कमजोर देखिएका मोबाइल वालेट प्रयोग गर्ने प्रयोगकर्ताहरू ढुक्क हुने स्थिति बन्न सकेको छैन । राष्ट्र बैंकमा इसेवाको गोपनीयता र विश्वसनीयतालाई लिएर दर्जनभन्दा बढी उजुरी परेका छन् । स्रोतका अनुसार एफवनसफ्टले बनाएको इसेवा, फोनपे लगायत अन्य कतिपय बैंकका वालेटमाथि राष्ट्र बैंकले विशेष निगरानी समेत गरिरहेको छ । ९० प्रतिशत अनलाइन कारोबार आफू र भगिनी संस्थाहरूमार्फत भएको दाबी गर्ने एफवनसफ्ट पछिल्लो समय लापरवाह हुन थालेको फिनटेक (फाइनान्सियल टेक्नोलोजी)का विज्ञहरू बताउँछन् । कुनै पनि क्षेत्रमा एउटै कम्पनीको मोनोपोली भएमा स्वतः क्वालिटीमा कम्प्रमाइज हुने गर्छ,।’त्यस कारण हामीले पनि यी भुक्तानीका एपहरु प्रयोग गर्दा सावधान हुन आवश्यक छ ।