जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ माघ
महोत्तरीको सम्सी गाउँपालिकामा गत पौष २९ गतेदेखि वडाध्यक्षहरुद्वारा लगाइएको ताल्चा बिहिबार सहमतिमा नै खोलाइएको छ । विहिबार दिउँसोदेखि नै महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको सहकार्य मा रुष्ठ वडाध्यक्षहरुको सहमतिमा नै सो ताल्चा खोलाइएको प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी गराउनुभयो । यता पालिका अध्यक्ष रामनाथ यादवले आफूहरु वडाध्यक्षहरुलाई बसेर समस्याको समाधान निकालौ भन्दै थियौं तर उनीहरु मेरो कुरा नमानी ताल्चा लगाएको बताउनुभयो । त्यसपछि प्रमुख जिल्ला अधिकारी गेलालसँग बसेर वडाध्यक्षहरुसँग छलफल गरी उनीहरुको माँग पुरा गर्ने सहमति भएपछि सबैको सहमतिले ताल्चा खुलेको अध्यक्ष यादवले जानकारी गराउनुभयो । तर यो जानकारी पहिले नै मलाई भएको भए वहाँहरुको माँग त्यतिबेला नै गर्ने थिए होला र अहिले सेवाग्राहीले पाएको दुख शायद पाउने थिएन होला अध्यक्ष यादवले थपे । स्रोतका अनुसार वडा नं.—१ को अध्यक्ष विपिन विहारी,वडा नं.—२ को अध्यक्ष शेख अंजारे,वडा नं.—३ को अध्यक्ष अतिकुल रहमान,वडा नं.—६ को अध्यक्ष शेख उम्मेद र वडा नं.—७ को अध्यक्ष राकेश कुमार यादवले सँयुक्त रुपमा पालिकामा ताल्चा लगाएका थिए । उनीहरुलाई वडा १ र ३ का कर्मचारीहरुलाई सेवाग्राहीहरुको काम गर्न जानुपर्ने कुरा राख्दा विवाद बढेको स्रोतको दावी रहेको छ ।