मधेस बलिदानी दिवस सार्थक बनोस् – Jaleshwortoday

मधेस बलिदानी दिवस सार्थक बनोस्

 ७ माघ २०८०, आईतवार ००:४१  
Untitled

  • प्रा.पवन कुमार साह

मधेसमा प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसले मधेसको आन,बान तथा शानको लागि आफ्नो ज्यानको आहुति दिएका मधेसको प्रथम शहिद रमेश महतो लगायतका शहिदहरुलाई स्मरण गराउँदछ । वास्तवमा बलिदानी दिवसलाई सार्थक तथा व्यवहारीक बनाइनु पर्दछ । अहिले मधेस सरकारले शहिद परिवारलाई ३ लाख तथा घाइते परिवारलाई २ लाखको दरले आर्थिक सहयोग बाँडेका छन् । तर ती शहिद परिवारहरुसँग मधेसका मसिहाहरुले शहिद परिवारलाई रोजगारी दिने बाचा पनि गरेका थिए भने पचास लाख समेत दिने बाचा अहिले झुठो भएको भन्दा कसैको दुई मत नहोला । साथै मधेस बनाउनको लागि ती मधेसी शहिदहरुले आफ्नो ज्यानको बलिदान दिए न की आफ्नो सत्तामा लुप्त भएर भ्रष्टाचारलाई प्रोत्साहन गर्नको लागि । अहिले मधेस प्रदेशमा भौतिक पूर्वाधारहरुमा शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका समस्याहरु जेनका तेन छन् । यसको समाधानको लागि योजना सहितको यथेष्ट बजेट विनियोजन गरेर यसलाई मजबुति दिन आवश्यक छ । मधेसमा उत्पादकत्व बढाउनको लागि प्रदेश सरकारले प्रदेश स्तर तथा निजी स्तरबाट उद्योग तथा कलकारखानामा लगानीको बातावरण बनाउन जरुरी रहेको देखिन्छ ।