जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ माघ
महोत्तरीको सोनमा गाउँपालिकाले न्यानो फाइबर सिरक(ब्लैकेट) बाँडेको छ ।
जाडो मौसमलाई ध्यान दिदै शितलहरबाट बच्न अतिविपन्न,दलित तथा गरिबहरुलाई एउटा कार्यक्रम वीच पालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले न्यानो फाइबरयुक्त सिरक (ब्लैकेट) बाँडेका छन् । अध्यक्ष यादवले वर्षेनी गाउँका बुढापाका तथा अतिविपन्न परिवाहरु न्यानो कपडाको अभावले बिमार भई ज्यान गुमाउनु पर्ने भएकोले पालिकाले न्यानो कपडा बाँडन थालेको बताउनुभयो । पालिकाले यस अघि गरिब तथा विपन्न परिवारहरुलाई लामखुट्टेबाट बच्न झुल समेत बाँडेको अध्यक्ष यादवले जानकारी गराउनु भयो । सोनमा गाउँपालिकामा रहेका कुनै पनि गरिव तथा विपन्न परिवारलाई न्यानो कपडाको अभावमा ज्यान गुमाउनु पर्दैन यसको लागि पालिकाले सबै व्यवस्था गर्ने अध्यक्ष यादवले जानकारी गराउनुभयो । पालिकाबासीलाई चाहिने आवश्यक सहयोगको लागि म लगायत हाम्रो पालिका परिवार सदैव तयार रहने अध्यक्ष यादवले बाचा गर्नुभयो ।