
- प्रा.पवन कुमार साह
विश्वको ५०० वर्षको पुरानो सपना आज पुरा हुदै छ । यो ज्यादै नै मंगल तथा सुखकर घडी हो विश्वको लागि । यसै अवसरमा आज मधेस प्रदेशका १३६ वटा पालिकाहरुले एक साथ आ—आफ्नो पालिकामा माछा,मासु तथा मदिरा बिक्रिमा रोक लगाएका छन्् भने बेलुकी घर,मन्दिर तथा सार्वजनिक ठाउँहरुमा दीपोत्सव मनाउन आग्रह गरेका छन् । जानकी मन्दिरमा समेत सबा लाख दीप बालिने भएकोले सो महादीपोत्सव कार्यक्रममा सहभागि हुन अनुरोध गरिएको छ । यसैगरी अन्य पनि पालिकाहरुले आफ्ना जनता जनाद्र्धनसँग दीपोत्सव मनाउन आग्रह गरेका छन् । अयोध्यामा विशेष रुपमा ६ वटा सूर्यवंशी दर्शाउने चित्र अंकीत ठूला द्वारहरु बनाइएको छ । रामललाको मन्दिरलाई रंगीचंगी पुष्पले सजाइएको छ । आज हमारे राम आयेगें भनेर सारा हिन्दुस्तान सहित विश्व राजा रामको प्रतिक्षामा छन् । कसै—कसैले यो रामललाको पुर्न प्राण प्रतिष्ठा हो जसले एकचोटी फेरी कलयुगमा पनि त्रेता युगको अनुभव गराउने छ । सरयुग नदीको तटमा स्थापित रामललाको मन्दिरलाई विभिन्न लेजर लाइटले सजाइएको छ जसले एक मनमोहक आत्मीयता जोडदछ सबैको । सरयुग नदी तथा त्यहाँको घाटहरुलाई समेत सरसफाई गरी सौर्य आवाजरहित डुँगाको व्यवस्था गरिएको छ । आज प्राण प्रतिष्ठाको समय र भगवान रामको त्रेता युगमा यस पृथ्वीमा आएको समय र मुहुर्तलाई मेल गरी नै यो कार्यक्रम मनाइरहेको ज्योतिषविद्हरुले बताउँछन् । अहिले अयोध्या रामभक्तहरुले खचाखच भरिएको छ । यहाँ विश्वका धेरै देशहरुबाट भिआईपि तथा समान्य व्यक्तिहरुको उपस्थिति रहेको छ । यस अवसरमा राजा रामको ससुराली नेपालको जनकपुरधामबाट समेत जानकी मन्दिरबाट एक टोलि आइतबार नै भगवान रामको स्वागत तथा पुजा अर्चना गर्न प्रस्थान गरेको छ । यता जनकपुरधाममा विभिन्न धार्मिक संस्थाहरुले समेत दीपोत्सव लगायत विभिन्न कार्यक्रमहरुको आयोजन गरेका छन्। आज सिया वर प्रभु रामललाको प्राण प्रतिष्ठाको अवसरमा आज घरघरमा हाम्रो आराध्य भगवान राम आउने परम विश्वास छ । आज हामी सबै मिलेर वहाँलाई दीपोत्सवको माध्यमबाट स्वागत गरौं ।
।। जय सिया राम ।।