आज अयोध्यामा रामललाको प्राण प्रतिष्ठा प्रधानमन्त्री मोदीद्वारा गरिदैं – Jaleshwortoday

आज अयोध्यामा रामललाको प्राण प्रतिष्ठा प्रधानमन्त्री मोदीद्वारा गरिदैं

 ८ माघ २०८०, सोमबार ०१:२०  
2

मधेस प्रदेशका १३६ पालिकाहरुद्वारा आज दीपोत्सव मनाउन आग्रह

पवनकुमार साह
महोत्तरी, ७ माघ

आज २२ तारिख अर्थात माघ ८ गते भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा भारतीय समय १२ बजेर २९ मिनेट मा बालरुपी रामललाको प्रतिमाको प्राण प्रतिष्ठाको पुजन कार्य शुरु भई ८८ सेकेण्डसम्म चल्ने भारतीय संचार माध्यमले बताएको छ । सो प्राण प्रतिष्ठा कार्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा युपीको मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यसको लागि मुख्यमन्त्री आदित्यनाथ आइतबार बुलिकी नै अयोध्या पुगिसकेको स्रोतले बताएको छ । भारत लगायत हिन्दु धर्म तथा भगवान राममाथि आस्था राख्ने विश्वको ५०० वर्षको पुरानो सपना आज पुरा हुदै छ । यो ज्यादै नै मंगल तथा सुखकर घडी हो विश्वको लागि । यसै अवसरमा आज मधेस प्रदेशका एक महानगरपालिका,तीन उपमहानगरपालिका,७३ वटा नगरपालिका तथा ५९ वटा गाउँपालिकाहरु गरी १३६ वटा पालिकाहरुले एक साथ आ—आफ्नो पालिकामा माछा,मासु तथा मदिरा बिक्रिमा रोक लगाएका छन्् भने बेलुकी घर,मन्दिर,तथा सार्वजनिक ठाउँहरुमा दीपोत्सव मनाउन आग्रह गरिएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका,मनरासिस्वा नगरपालिका,पिपरा गाउँपालिका,महोत्तरी गाउँपालिका,धनुषाको शहिदनगर नगरपालिका,सबैला नगरपालिका तथा सप्तरीको राजविराज नगरपालिकाले आज सार्वजनिक विदा दिएर रामको प्राण प्रतिष्ठाको आनन्द लिने बताइएको छ । यस अवसरमा महोत्तरीको जलेश्वरमा आइतबार रैली निकालिनुको साथै आज जलेश्वरनाथको मन्दिरमा समेत विशेष दीपोत्सव कार्यक्रम गरिनुको साथै सियारामको धार्मिक भजनकिर्तन समेत गरिने नगरप्रमुख सुरेश साह सोनारले जानकारी गराउनु भएको छ । त्यसै गरी महोत्तरीको मटिहानी नगरपालिकामा समेत २५ फिट अग्लो श्री रामको मुर्तिको पुजाआजा गरिने नगरप्रमुख हरि प्रसाद मण्डलले जानकारी गराउनु भएको छ । यसैगरी जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साहले समेत नगरवासी तथा भक्तजनहरुलाई आफ्नो घरघरमा दीपोत्सव मनाउन तथा जानकी मन्दिरमा समेत सबा लाख दीप बालिने भएकोले सो महादीपोत्सव कार्यक्रममा सहभागि हुन अनुरोध गर्नु भएको छ । यसैगरी अन्य पनि पालिकाहरुले आफ्ना जनता जनाद्र्धनसँग दीपोत्सव मनाउन आग्रह गरेका छन् ।
अयोध्यामा विशेष रुपमा ६ वटा सूर्यवंशी दर्शाउने चित्र अंकीत ठूला द्वारहरु बनाइएको छ । रामललाको मन्दिरलाई रंगीचंगी पुष्पले सजाइएको छ । कल हमारे राम आयेगें भनेर सारा हिन्दुस्तान राजा रामको प्रतिक्षामा छन् । कसै—कसैले यो रामललाको पुर्न प्राण प्रतिष्ठा हो जसले एकचोटी फेरी कलयुगमा पनि त्रेता युगको अनुभव गराउने छ । सरयुग नदीको तटमा स्थापित रामललाको मन्दिरलाई विभिन्न लेजर लाइटले सजाइएको छ जसले एक मनमोहक आत्मीयता जोडदछ सबैको । सरयुग नदी तथा त्यहाँको घाटहरुलाई समेत सरसफाई गरी सौर्य आवाजरहित डुँगाको व्यवस्था गरिएको छ जसको उद्घाटन पनि आजै गरिने बताइएको छ । आज प्राण प्रतिष्ठाको समय र भगवान रामको त्रेता युगमा यस पृथ्वीमा आएको समय र मुहुर्तलाई मेल गरी नै यो कार्यक्रम मनाइरहेको ज्योतिषविद्हरुले बताउँछन् । अहिले अयोध्या रामभक्तहरुले खचाखच भरिएको छ । यहाँ विश्वका धेरै देशहरुबाट भिआईपि तथा समान्य व्यक्तिहरुको उपस्थिति रहेको स्रोतले बताएको छ । यस अवसरमा राजा रामको ससुराली नेपालको जनकपुरधामबाट समेत जानकी मन्दिरबाट एक टोलि आइतबार नै भगवान रामको स्वागत तथा पुजा अर्चना गर्न प्रस्थान गरेको बताइएको छ । यता जनकपुरधाममा विभिन्न धार्मिक संस्थाहरुले समेत दीपोत्सव लगायत विभिन्न कार्यक्रमहरुको आयोजन गरेका छन्।