जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ माघ
भारतको अयोध्यामा राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाममा सवा लाख दियो बालिने भएको छ । भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधाममा सावा लाख दीप प्रज्वलनको तयारी गरिएको हो । जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न अपिल गरेको छ । त्यसको लागि मन्त्रालय र विभिन्न कार्यालयललाई जानकी मन्दिरले पत्र पठाएर अपिल गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले समेत दीप प्रज्वलन गर्न अपिल गरेको थियो । वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण भई समुद्घाटन हुँदैछ । त्यस अवसरमा धेरै पालिकाले दीपोत्सव गर्न आग्रह गरेका छन् ।