
पवनकुमार साह
जनकपुरधाम, ८ माघ
जनकपुरधाममा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले पनि सामुहिक रुपमा प्रभु रामललाको दीपोत्सव मनाएका छन् ।
भारतको अयोध्यामा हुन लागेको भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा खुशियालीमा भगवान राम र माता सिता प्रतिको स्नेह तथा आस्थाको प्रमाण स्वरुप दीपोत्सव आज विश्वले मनाए झै ज्ञान गंगा स्कुल परिवार पनि यो महोत्सव सामुहिक रुपमै मनाएको प्रधानाध्यापक प्रा.पवन कुमार साहले बताउनु भयो । भगवान रामको प्राण प्रतिष्ठा भारतको अयोध्यामा गरिने समयमै आफ्नो विद्यालयको बगैचामा विद्यालयका शिक्षक,शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा दीपोत्सव कार्यक्रम गरिएको प्रधानाध्यापक साहले बताउनुभयो । कार्यक्रममा भगवान राम र माता सिताको प्रतिमामा माला,टीका तथा फुल उपस्थित सबै जनाले चढाएका थिए । केहि समयको लागि हनुमानजीको चालिसा उपस्थित सबै जनाले गुनगुनाएका थिए । नेपाली शिक्षिका बबिता झाले जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भगवान राम सम्बन्धी सामाचार र सम्पादकीय पढेर सुनाउनु भएको थियो भने वहाँ स्वयंले हमारे विद्यालयमे प्रभु श्री राम आज आयेंगें जस्ता बोलको लोक गीत गाएर कार्यक्रममा चार चाँद लगाउनु भएको थियो । वरिष्ठ शिक्षक सरोज झा,जय झाले समेत आफ्ना अनमोल विचारहरु राख्नु भएका थिए ।