जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ८ माघ
प्रभु रामललाको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बरुणसर पोखरीमा विशेष गंगा आरती गरिनुका साथै दीपोत्सव गरिएको छ ।प्राण प्रतिष्ठाको अवसरमा जलेश्वरमा सप्ताहव्यापी कार्यक्रमहरु गरिएका छन् । यी कार्यक्रमहरुबाट बाबा जलेश्वरनाथको नगरीमा जलेश्वरबासीमा एक अलग किसिमको राममोह देखिएको थियो । मर्यादा पुरुषोत्तम रामको मन्दिर निर्माणदेखि अहिले प्राण प्रतिष्ठासम्मको क्षणमा विश्व नै नतमस्तक भएको छ । यो हुनु स्वभाविक पनि हो । यसै गरी नगर प्रमुख सुरेश साह सोनार सहित स्थानिय भक्तजनहरुले जलेश्वरनाथको मन्दिर परिसर सहित बरुणसर पोखरीको तटमा लाखौं दीपहरु बालि भव्य दीपोत्सव मनाएका थिए । स्थानिय नगरबासीहरुले समेत आ—आफनो घरमा दीप बालि दिपोत्सव मनाइएको नगर प्रमुख सोनारले बतए ।