माघ १० गतेलाई गजेन्द्र दिवसको रुपमा मनाउन तथा सो दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन अपिल गर्दछु : उपाध्यक्ष महतो – Jaleshwortoday

माघ १० गतेलाई गजेन्द्र दिवसको रुपमा मनाउन तथा सो दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन अपिल गर्दछु : उपाध्यक्ष महतो

 ११ माघ २०८०, बिहीबार ०१:३१  
2

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० माघ

माघ १० गतेलाई गजेन्द्र दिवसको रुपमा मनाउन तथा सो दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय उपाध्यक्ष राम कुमार महतोले मधेस प्रदेश सरकारसँग जोडदार माँग गर्नु भएको छ ।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष महतो ,सहमहासचिव पवन कुमार साह, नेता बुधन साह,नागेन्द्र सिंह,विरेन्द्र महतो लगायतका ब्यक्तिहरुको उपस्थितिमा मधेसको मसिहा स्व.गजेन्द्र नारायण सिंहको प्रतिमामा फुल,माला,अबिर चढाई तथा भावपूर्ण श्रद्धाञ्जलि स्वरुप मैनबती बाली २२ औं पुन्यतिथी मनाएका थिए । साथै सोहि अवसरमा जनकपुरधाममा बाबा सत्यनारायण आलोकद्वारा संचालित अनाथ बाल वात्सल्य आश्रममा फलफुल समेत वितरण गरिएको थियो । उपाध्यक्ष महतोले स्व.गजेन्द्र नारायण सिंह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिपरिचित मधेसको मसिहा तथा मधेस शब्दको जन्मदाता भएको हुनाले अहिले मधेसी तथा अन्य समुदायका पार्टीहरु वहाँले देखाएको बाटो र गरेको परिकल्पना अनुसार नै अघि बढिरहेकोले माघ १० गतेलाई मधेस प्रदेश सरकार तथा मुख्यमन्त्री सरोज कुमार यादवले गजेन्द्र दिवसको रुपमा मनाउन अनुमोदन गर्नुपर्ने आवश्यकता पहिल्याउदै सो दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन हुन समेत जोरदार माँग गर्नुभयो । सहभागि नेता तथा कार्यकर्ताहरुले समेत गजु बाबुको मधेस प्रतिको लगानीलाई अहिलेका मधेसबादी दल तथा नेताहरुले अहिले सार्थक गर्न आवश्यकता रहेको बताउनुभयो ।