ज्ञान गंगाले मनाए शहिद दिवस – Jaleshwortoday

ज्ञान गंगाले मनाए शहिद दिवस

 १७ माघ २०८०, बुधबार ०१:०९  
4

शहिद दिवसको अवसरमा नेपाल प्याब्सनद्वारा बक्तृत्वकला

422575290_2526058497594533_3944996133221885273_n

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एउटा कार्यक्रम वीच प्रत्येक माघ १६ गते मनाइने शहिद दिवस विद्यालय हात्ताभित्र मनाएको छ । सो अवसरमा प्रथम शहिद लखन थापा ,दुर्गानन्द झा लगायत ज्ञात अज्ञात अन्य तथा मधेसी शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानाध्यापक प्रा.पवन कुमार साहले दिप प्रज्जवलन गरी फुल,माला तथा अविर चढाएका थिए । कार्यक्रममा उपस्थित शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले शहिदहरुको प्रतिमामा फुल तथा अविर अर्पण गरेका थिए । कार्यक्रममा वीर शहिदहरु प्रति १ मिनेटको मौन धारण गरी शहिदहरु प्रति उच्च सम्मान प्रदान गरिएको थियो । जय मिश्र,विद्या कर्ण,संगिता श्रेष्ठ सहित उपस्थित सबैजनाले देश भक्तिका गीतहरु हर करम अपना ………,गाउँ छ गीत नेपाली जस्ता गीतहरु गुनगुनाएर देशको लागि आफ्ना प्राणको आहुति दिनेहरु लाई स्मरण गरिएका थिए ।
नेपाल प्याब्सनद्वारा बक्तृत्वकला प्रतियोगिता
नेपाल प्याब्सन धनुषा तथा नयाँ समाज नेपालको सँयुक्त आयोजनामा शहिद दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । करिब २ दर्जन भन्दा बढी विद्यालयहरु सहभागि भएको कार्यक्रममा विद्यार्थीहरुको समेत उपस्थिति उच्च रहेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि मधेस प्रज्ञा प्रतिष्ठानको सदस्य दिनेस यादवले बक्तृत्वकला जस्ता कार्यक्रमहरुको आयोजना गरेर शिक्षाको स्तर उकास्न तथा प्रतिभाशालिहरुको पहिचान गर्न मधेस प्रज्ञा प्रतिष्ठानले समेत यस किसिमको कार्यक्रमहरु गर्ने बताउनुभयो । नेपाल प्याब्सनको सम्पूर्ण सदस्यहरु तथा नयाँ समाज नेपालको अध्यक्ष ब्रज किशोर यादवलाई बधाई दिदै उनीहरु प्रति आभार प्रकट समेत गर्नुभयो । कार्यक्रममा उत्कृष्ट गर्ने चार वटै समुहका विद्यार्थीहरुलाई आकर्षक उपहार र सहभागि समेतलाई प्रमाणपत्र पत्र प्रदान गरिएका थिए ।