
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ माघ
महोत्तरीको मटिहानी नगरपालिकामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
मटिहानी नगरपालिकाको मटिहानी रंगशालामा आज देखि सुरु भएको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्वघाटन गर्नु हुँदै उहाँले खेलकुदले बिद्यार्थीको आत्मबल बढाउनुको साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने भन्नु भयो । नगर प्रमुख हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वड़ा नं.२ का वड़ा अध्यक्ष मो.रयूप, लो.स.पा. नेपालको केन्द्रीय सदस्य राम कुमार मंडल, रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल,राम मा.बी. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र लगायतका वक्ताहरुले आफ्नो मंतव्य राख्नु भयो ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा माध्यमिक विद्यालय सहभागी रहेका छन । त्यसै क्रममा बोल्दै मटिहानी स्थित श्री राम मा.वि.को कक्षा ११ मा अध्ययनरत हिना खातुनले पालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आई रहेको यो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले हामीहरुको शारिरिक तन्दुरुस्ती र आत्मबल बढाउनुका साथै हामी सबै विद्यार्थीहरुको विचमा आपसी मेलमिलाप समेत बढदा खुशी ब्यक्त गरेका हुन । प्रतियोगितामा भलीबाल,कब्बडी, दौड़,हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताउनु भयो। उक्त समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका क्रमशः वड़ा नं. २,३,६,७ र ८ का वड़ा अध्यक्षज्यूहरू,कार्यपालिका सदस्यहरु ,वड़ा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू ,वड़ा सचिवहरु,बिभिन्न राजनितिक पार्टिका पार्टी प्रतिनिधिहरु,ससश्त्र प्रहरी मटिहानीका प्रमुख, मटिहानी प्रहरी चौकी प्रमुख ,बिभिन्न विद्यालयका प्र.अ.हरू ,शिक्षक शिक्षिका लगायत बिद्यार्थी भाईबहिनीहरुको सहभागिता रहेको थियो।