जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा – Jaleshwortoday

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा

 १९ माघ २०८०, शुक्रबार ०६:३६  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ माघ

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायी धरौटीमा रिहा भएका छन् । राजश्व अनुसन्धान विभाग पथलैयाले बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुर ४ लाख २७ हजार ३२५ रूपैयाँ धरौटीमा रिहा गरेको हो । त्यस्तै सिरहा मिर्चैयाका कालिगढ सञ्जय साह सोनार ७ लाख ८० हजार ७०८ र अजय साह सोनार ४ लाख २७ हजार ३२५ हजार धरौटी राखेर रिहा गरेको छ ।
मंगलबार साँझ र बुधबार दिउँसो गरी चारजना सुनचाँदी व्यवसायी र कालिगढलाई धनुषा प्रहरीले पक्राउ गरेर विभाग पथलैयालाई बुझाएको थियो ।