ज्ञान गंगाद्वारा बक्तृत्वकला प्रतियोगिताको आयोजना – Jaleshwortoday

ज्ञान गंगाद्वारा बक्तृत्वकला प्रतियोगिताको आयोजना

 १९ माघ २०८०, शुक्रबार २३:३९  
6

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलमा फ्राईडे कन्टेस्ट अन्तर्गत बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरु सो प्रतियोगितामा सहभागि भएको थियो । कार्यक्रममा अध्यक्षता विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले ग्रहण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा दुधको दुध र पानीको पानी छुट्टयाई दिने निर्णायक मण्डलमा सरोज कुमार झा,विवेकानन्द झा र बविता झालाई आसन ग्रहण गराइएको थियो । त्यसैगरी अन्य व्यस्थापनमा संयोजक संगिता श्रेष्ठ सहित कर्मचारीहरुको सहयोग रहेको थियो । कार्यक्रममा उद्घोषण तथा नेतृत्व शिक्षक जय मिश्रले गर्नु भएको थियो । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई ५ वटा समुहमा बाँडेर प्रतियोगिता शुरु गरिएको थियो । प्रथम,दोस्रो तथा तृतीय हुने प्रत्येक समुहका विद्यार्थीहरुलाई मनोबल बढाउनको लागि पुरस्कार दिइएको थियो भने बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट गर्ने छात्रा गुरीया दासलाई विशेष पुरस्कार प्रदान गरिएको थियो ।

0fb097bb-fb62-4586-88aa-77f623a83379