
जलेश्वरटुडे समाचारदाता
धनुषा, २० माघ
विहिवार देखि जनकपुरधाममा संचालनमा रहेको आज चौथो दिन जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को साँझमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.—४ सुगाभवानीपट्टिको कथक नर्तक तथा प्रशिक्षक हृदेव राय र भारतको कथक नर्तकी सान्वी जैनको प्रस्तुति हुने भएको छ ।
रायले आफू बालकालदेखि नै नृत्य तथा नाटकमा रुचि राख्ने भएकाले आफ्नो गाउँ सुगा,जनकपुरधाम लगायत नेपालमा समेत कला तथा नृत्यमा पुरस्कार तथा सम्मान पाएको बताए । वहाँले कथक नृत्य सम्बन्धी अध्ययन तथा स्नातकोत्तर डिग्री भारतको दिल्लीबाट प्राप्त गरेको बताउनुभयो । आज साँझमा ६ वटा प्रस्तुति रहने बताउनु भयो । सान्भी जैन उनको शिष्या रहको बताउनु भयो । सान्भी भारतको दिल्लीमा बस्दै आएकी र रायको शिष्या मध्ये सबै भन्दा राम्रो कथक नर्तकी रहेको बताउनुभयो । सान्भी खुशी भई पहिलो पटक नेपालमा आफ्नो प्रस्तुति गर्न पाउदा आफ्नो परिवार सहित आएकी रायले जानकारी गराउनुभयो । रायले हाम्रो प्रस्तुति जनकपुरधामको लागि एक अलग तथा रोचक रहने बताउनुभयो । यस कार्यक्रममा उपस्थित भई शोभा बढाई दिन आफ्नो गाउँबासी,जनकपुरधामबासी,साथी,ईष्टमित्र तथा शुभचिन्तकहरुसँग आग्रह गर्नु भएको छ । साथै जनकपुरधामको ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको आफू कथक नृत्य शिक्षक रहेकोले त्यहाँका प्रधानाध्यापक पवन कुमार साह,शिक्षक—शिक्षिका तथा विद्यार्थीहरुलाई समेत उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आग्रह गर्नु भएको छ । रायले कोषको अध्यक्ष जिवनाथ चौधरीको आग्रहमा भारतको अयोध्यामा शनिवार रहेको कार्यक्रम छोडी आफ्नो जन्मभूमि मिथिला र मैथिलको लागि यहाँ शनिवार साँझ नै उपस्थित भएको बताउनुभयो । वहाँले मेरो कर्मक्षेत्र अहिले दिल्ली रहे पनि भारत लगायत विश्वको एक दर्जन भन्दा बढी देशहरुमा आफ्नो नृत्य प्रस्तुत गरिसकेको बताउनुभयो । कोषका अध्यक्ष जिवनाथ चौधरीको अनुसार विहिवार विहान ८ बजे बाह्रबिघ्घाबाट वृहत झाँकी सहितको शोभायात्रा त्यसपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको विशेष उपस्थितीमा महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई बिहिबार दिउँसो देखि नै बहसका सत्रहरु र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरु आज चौथो दिन पनि संचालनमा रहने बताएका छन । भाषा, कला, साहित्य, नाटक र राजनिति सहित करिव २० सत्रमा भइरहेको बहस र विर्मशका साथै मिथिला व्यञ्जन, सांस्कृतीक कार्यक्रम, चित्रकला प्रदर्शनी सहितको कार्यक्रम समेत रहेको कोषले जनाएको छ । २०५८ सालमा स्थापित कोषले हरेक दुई वर्षको अन्तरालमा यो महोत्सव गर्दै आएको छ । यस अघि २०७३, २०७५ र कोभिडको कारण २०७८ मा भएको महोत्सवको चौथो संस्करण बुधबार देखि संचालन भएको कार्यक्रम माघ २२ गते सम्म चल्ने छ ।