
कथक नर्तक तथा नर्तकी लगायत कैयौं कलाकारहरुले देखाए आफ्ना प्रतिभा
जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ माघ
विहिवार देखि जनकपुरधाममा संचालनमा रहेको आज पाँचौ दिन जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को साँझमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.—४ सुगाभवानीपट्टिको कथक नर्तक तथा प्रशिक्षक हृदेव राय र भारतको कथक नर्तकी सान्वी जैनको प्रस्तुति भएको छ ।
सो अवसरमा साँझको साँस्कृतिक कार्यक्रममा कथक नृत्य तथा विभिन्न गायक,गायिका तथा हास्यकलाकारहरुले आफ्ना प्रतिभा देखाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए । रायले कोषको अध्यक्ष जिवनाथ चौधरी तथा गायक नविन मिश्रको आग्रहमा आफ्नो जन्मभूमि मिथिला र मैथिलको लागि यहाँ शनिवार साँझ नै उपस्थित भएको बताउनुभयो । कोषका अध्यक्ष जिवनाथ चौधरीको अनुसार विहिवार विहान ८ बजे बाह्रबिघ्घाबाट वृहत झाँकी सहितको शोभायात्रा त्यसपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको विशेष उपस्थितीमा महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई बिहिबार दिउँसो देखि नै बहसका सत्रहरु र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरु आज चौथो दिन पनि संचालनमा रहने बताएका छन । भाषा, कला, साहित्य, नाटक र राजनिति सहित करिव २० सत्रमा भइरहेको बहस र विर्मशका साथै मिथिला व्यञ्जन, सांस्कृतीक कार्यक्रम, चित्रकला प्रदर्शनी सहितको कार्यक्रम समेत रहेको कोषले जनाएको छ । २०५८ सालमा स्थापित कोषले हरेक दुई वर्षको अन्तरालमा यो महोत्सव गर्दै आएको छ । यस अघि २०७३, २०७५ र कोभिडको कारण २०७८ मा भएको महोत्सवको चौथो संस्करण बुधबार देखि संचालन भएको कार्यक्रम माघ २२ गते समापन हुने छ ।