
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ माघ
“असल श्रम सम्बन्धको आधार,सामाजिक सुरक्षा र रोजगार“ नारा का साथ आइतबार सामाजिक सुरक्षा कोष काठमाडौँ र जलेश्वर नगरपालिका बीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार ब्यक्तिको सामाजिक सुरक्षा योजना संचालनका लागि बर्दिवासमा सम्झौता भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री श्री शरत सिंह भण्डारीको समुपस्थितीमा र सामाजिक सुरक्षा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो।