मूर्तिकारहरुलाई सरस्वती पुजा नजिकिदै सँगै सरस्वती माताको मुर्ति बनाउन भ्याइ नभ्याइ – Jaleshwortoday

मूर्तिकारहरुलाई सरस्वती पुजा नजिकिदै सँगै सरस्वती माताको मुर्ति बनाउन भ्याइ नभ्याइ

 २७ माघ २०८०, शनिबार ०१:०६  
2

गणेश कुमार सिंह
महोत्तरी, २६ माघ

सरस्वती पुजा नजिकिदै सँगै महोत्तरीका मुर्ति कलकारहरु मुर्ति बनाउनमा व्यस्त छन् । यस्तै, जलेश्वर नगरपालिका-९ परकौलीका मुर्तिकार पनि यतिबेला व्यस्त नै भएका छन् ।

मुर्तिकार ३५ वर्षकोर लभ कुमार साह करिव ३/४ दिनमा एक मुर्ती बनाउन सकिने साहले बताए । करिव २ महिना देखि रोड किनार छेउमा मुर्ति निर्माण गरिरहेका बताए ।

धार्मिक परम्परा अनुसार माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले महोत्तरी लगायत मधेश प्रदेशका बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन अहिले लागी परेका हुन् । एउटा सरस्वातीको मुर्ति आकार हेरेर चार हजार देखि बिस हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकार साह बताएका छन् । प्रत्येक बर्ष सरस्वतीको मुर्ति बनाएर आम्दानी लिने गरेको उहाको भनाई छ ।

विशेष गरि सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेको उहाले जानकारी दिनुभयो । सरस्वती पुजा धार्मीक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरुले बताएका छन् ।

महोत्तरीका अधिकांश निजी तथा सामुदायीक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा मनाउने गरेका छन् । यस वर्ष बंसन्तपंचमि अर्थात् सरस्वती पुजा फाल्गुन २ गते बुधबारका दिन परेका छन् ।
मुर्ती कलाकार अनुसार यस वर्ष मैले १८ ओटा साना ठुला गरि मुर्ति बनाउन सकेको छु र अर्को वर्ष योभन्दा बढी बनाउने लक्ष्य राखेको छु ।
जलेश्वर नगरपालिका हाम्रो कलालाई सम्मान गर्नु पर्छ, साथै हाम्रो कलालाई संरक्षण गर्न एउटा ठाउँ निर्माण गर्नु पर्छ । कि आगामी पुस्ताले मुर्ति कला सम्बन्धि ज्ञान रहे भने उसले पनि मुर्ति बनाउने सिकेर आफ्नो जिविका चलाउन सक्ने बताए ।