
गणेश कुमार सिंह
महोत्तरी, २७ माघ
महोत्तरी जिल्लाको जलेश्वर न.पा. ०२ स्थित जलेश्वर रंगशालामा जलेश्वर न.पा. को आयोजना तथा जिल्ला खेलकुद विकास समिती महोत्तरीको सहकार्यमा तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
उक्त खेलकुद प्रतियोगितामा प्रमुख अतिथि जलेश्वर न.पा.का उप-प्रमुख रौशन खातुन ,जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण र जलेश्वर न.पा. वडा न. ११ का वडाध्यक्ष मनोज यादवको अध्यक्षतामा तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम शुरु भएको छ।
उक्त कार्यक्रममा सोही नगरपालिका अन्तरगत ८ ओटा विधालयका प्रधान्धायपक , शिक्षक तथा शिक्षार्थिहरु सहित अन्दाजी १००० विद्यार्थीहरुको उपस्थितिमा सटपुट,ज्यावलिङ्ग थ्रो,कवडी ,भलिबल जस्ता आज खेल भएको छ ।
तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नगर उप-प्रमुख रौशन खातुनले सटपुट फ्यालेर उद्घाटन गरेका थिए ।