बैकको दुराबस्थाको निकास – Jaleshwortoday

बैकको दुराबस्थाको निकास

 २९ माघ २०८०, सोमबार ०२:१३  
Untitled

  • प्रा.पवन कुमार साह

बैंक तथा वित्तीय कम्पनीहरू यतिबेला लगानी र असुलीको दोहोरो चेपुवामा परेका छन् । वित्तीय खातामा तरलता (निक्षेप÷पुँजी) बढ्दै गएपनि बैंकहरूले न आफू खुसी लगानी बढाउन सकेका छन् न त गरेको लगानी नै उठाउन । केन्द्रीय बैंकको पछिल्लो वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्ममा बैंकहरूको खराब कर्जाको दर (एनपीएल) ३.७३ प्रतिशत पुगेको छ । यो भनेको औसत १ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ बराबरको बैंकहरूको लगानी उच्च जोखिममा परेको हो ।
आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय कम्पनीहरूले ६१ खर्ब ३१ अर्ब ६ करोड निक्षेप सङ्कलन गर्दै यता ५० खर्ब ८२ अर्ब ८२ करोड कर्जा लगानी गरेका छन् । खास गरी कोभिड–१९ को ‘साइड इफेक्ट’ तीन वर्षपछि विश्व अर्थतन्त्रमा पर्दै गर्दा यसको प्रभाव नेपालमा समेत पर्न गएको छ । थप, पछिल्लो पटक खाद्यान्न, तेल तथा ग्यासको भण्डारणकै रूपमा रहेका शक्ति राष्ट्र रुस र युक्रेन बिचको तनावले समेत विश्वको अर्थतन्त्र प्रभावित बनिरहेको छ । यसैको प्रभाव पछिल्लो पटक नेपालले समेत तीव्र आर्थिक मन्दीको सामना गर्नुप¥यो । उपभोग्य बजारको शिथिलता, उत्पादन र रोजगारीमा पर्दा बैंकहरूको कर्जा विस्तार हुन सकेन भने यसअघि नै गएको कर्जा समेत आर्थिक शिथिलताका कारण उठ्न सकेन । यसैको परिणति पछिल्लो पटक बैंकहरूको खराब कर्जाको ग्राफ उकालो लाग्न पुगेको हो । उसो त खराब कर्जाबाट तर्सिएका बैंकहरूले आर्थिक वर्षमा मुस्किलले ४.२१ प्रतिशतले मात्र कर्जा विस्तार गरेका छन् । २०८० असार मसान्तसम्म ४८ खर्ब ७७ अर्ब ४० करोड हाराहारी कर्जा लगानी गरेका बैंकहरूले पुस मसान्तसम्ममा यस्तो कर्जा लगानी ५० खर्ब ८२ अर्ब ८२ करोड पु¥याएका छन् । तथापि, यस्तो कर्जा उत्पादनमूलक निजी क्षेत्रमा भन्दा बढी अन्य वित्तीय क्षेत्रमा गइरहेको केन्द्रीय बैंकको रिपोर्टले नै देखाउँछ । समीक्षा अवधिमा प्राइभेट सेक्टर (निजी क्षेत्रमा) जम्मा १.६७ प्रतिशतले मात्र कर्जा विस्तार हुँदै ४८ खर्ब ७५ अर्ब ८४ करोड रुपैयाँ प्रवाह भएको छ । ३ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ हाराहारीको कर्जा खास कृषि उत्पादनको क्षेत्रमा गएको छ भने ८ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ बढी लगानी खाद्य तथा गैर खाद्य उत्पादनका क्षेत्रमा गएको छ । बाँकी कर्जा, घरजग्गा, तथा सेयर बजार, होलसेल तथा रिटेलर्स व्यवसायको क्षेत्र, आयात कर्जा लगायतका क्षेत्रमा गएको छ । यद्यपि, भौतिक पूर्वाधार, यातायात तथा पर्यटन क्षेत्रमा गएको करिब ६ खर्ब हाराहारीको कर्जा लगानीलाई भने उत्पादनमूलक मान्न सकिन्छ । यी क्षेत्रमा पनि कम जोखिमभारका कारण लगानी सुरक्षण र थप लगानी विस्तार गर्न बैंक तथा वित्तीय कम्पनीहरूले वास्तविक लगानी लुकाउने गरेको आरोप लागिरहेको छ । बैंकहरूले जोखिमयुक्त क्षेत्रमा लगानी गरेर यता घरआवास तथा उत्पादनमूलक क्षेत्रमा प्रवाहित कर्जाको मात्रा ठुलो देखाउने गरेको आरोप बैंकहरूमाथि लागिरहेको छ । यस कारण बैकहरुले आफ्नो सुरक्षित गर्न आवश्यक छ ।