गणेश कुमार सिंह
महोत्तरी, २८ माघ
महोत्तरी जिल्लाको जलेश्वर न.पा. ०२ स्थित जलेश्वर रंगशालामा जलेश्वर न.पा. को आयोजना तथा जिल्ला खेलकुद विकास समिती महोत्तरीको सहकार्यमा तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको थितो । उक्त प्रतियोगितामा ल.च.मु.मा विद्यालय प्रथम हुन सफल भएका छ ।
उक्त खेलकुद प्रतियोगितामा प्रमुख अतिथि जलेश्वर न.पा.का उप-प्रमुख रौशन खातुन ,जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण र जलेश्वर न.पा. वडा न. ११ का वडाध्यक्ष मनोज यादवको अध्यक्षतामा तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम संचालन भएको थियो।
उक्त कार्यक्रममा सोही नगरपालिका अन्तरगत ८ ओटा विधालयका भाग लिएका थिए ,त्यस मध्री ल.च.मु.विद्यालय प्रथम ,दामोदर एकेडेमी द्वितीय ,साउथ एसिया बोडिङ्ग स्कुल तृतीय हुन सफल भएका छन् ।
त्यसतै चौथो सुकदेव मा.वि.सुगा,पाचौं श्री मा.वि.पिगौना,छैटौं जनता मा.वि. मलिवारा ,सातौ मा.वि पर्सा पतैली ,आठौं महेन्द्र आदर्श कन्या मा.वि. भएका छन् ।
उक्त खेलमा सहभागी विद्यालयको प्रधान्धायपक , शिक्षक तथा शिक्षाका सहित विद्यार्थीहरुको उपस्थितिमा सटपुट,ज्यावलिङ्ग थ्रो,कवडी ,भलिबल जस्ता खेल सम्पन्न भएका छन् । स्वास्थ्य र अनुशासन रहनको लागि खेलकुद आवश्यक भएको जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण बताए ।
उक्त तेस्रो नगर स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जलेश्वर न.पा. उप-प्रमुख रौशन खातुनले सटपुट फ्यालेर उद्घाटन गरेका थिए ।
अगामी दिनमा नगरपालिकाले आयोजना गरेको खेलकुदमा अनुशासनशीत ढङ्गले मर्यादा पुर्वक खेल खेलाएमा मात्र खेलमा सहभागी जनाउने ल.च.मु.मा. विद्यालयका प्रधान्धायपक बताए ।