१४ जना महिला सहित ५६ जनाले गर्यो रक्तदान कार्यक्रम – Jaleshwortoday

१४ जना महिला सहित ५६ जनाले गर्यो रक्तदान कार्यक्रम

 २९ माघ २०८०, सोमबार ०२:२०  
3

गणेश कुमार सिंह
बर्दिबास, २८ माघ

Gyan Ganga IPS

ब्लड फर नेपालको आयोजनामा प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास, महोत्तरी ५६ जना रक्तदाताले रक्तदान गर्यो । कार्यक्रममा १४ जना महिला गरि ५६ रक्तदाताले रक्तदान गरेको थियो ।
ब्लड फर नेपाल रगत व्यवस्थापनमा देशभरी काम गर्दै आईरहेको छ । ब्लड फर नेपालका सदस्य ईन्द्रजित महतोले संयोजन गरेको कार्यक्रममा प्रमुख अतिथि महोत्तरी निर्वाचन क्षेत्र १ का संघीय सांसद मा. लक्ष्मि महतो, विशिष्ट अतिथि बर्दिवास न.पा प्रमुख प्रहलाद क्षेत्रले गर्नु भएको थियो । सभापति ब्लड फर नेपाल धनुषा–महोत्तरी टिमका सह संयोजक अजय कुमार यादवले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले भन्नु भयो “बर्दिवास नगरबासीका लागि नगरपालिकाले बर्दिवास रेडक्रस सोसाईटि मार्फत निशुल्क रुपमा रगत लिन सक्ने व्यवस्था छ भने बर्दिवास अस्पतालमा छिटै रक्तसंचार केन्द्रको व्यवस्था गर्छु भने बाचा गर्नु भयो” त्यस्तै प्रमुख अतिथि ज्युले “महोत्तरी भरी रक्तदान कार्यक्रम गराउन या रगतसँग सम्बन्धी कुनै पनि कार्यक्रम गराउने युवाहरुलाई मेरो हरेक तवरबाट साथ रहनेछ” प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदाताहरुलाई प्रमाणपत्रको व्यवस्था गरेको थियो भने कार्यक्रमका बोल्दै ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतोले भनु भयो “रगतका कुरा सबै तिर लागु हुनुपर्छ, र देशमा हरेका पालिकाले निशुल्क रगतको व्यवस्था गराईनुपर्छ साथै देशमा रगत सहजै उपलब्धताका लागि आवश्यक निति नियम बनाउन’ पहलका लागि प्रमुख अतिथिलाई आग्रह गर्नु भयो र थप्दै भनु भयो २५ शैय्या भन्दा ठुला अस्पतालहरुमा रक्तसंचार हुनु जरुरीछ”
रक्तदान कार्यक्रममा युवा नेता शंकर महतो लगायत स्थानीय युवा, भलभलाआदिमीको सहभागीता थियो । कलेजका विधार्थी भाईबहिनि लगायत सबै सहयोगहरुमा धन्यावद कार्यक्रमका संयोजकले दिनु भयो ।
यस्तो कार्यक्रम देशभरी हामी गर्न तयार छौ जसमा हामी सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने कुरामा कार्यक्रममा सभापतिले भन्नु भयो ।
कार्यक्रममा १८ वर्ष उमेर पार गरेका विधार्थीहरु लगायत स्थानीइ समाजसेवीहरुको सहभागीता थियो ।