
जनकपुरधाम उपमहानगरपालिका अहिले विभिन्न ठाउँमा दुर्गन्धित भएको देखिएको छ । जनकपुरधामलाई ग्रीन जनकपुर,क्लीन जनकपुर भनेर चिनाउँने तथा लागि पर्ने सामाजिक अभियन्ताहरु समेत यतिबेला शान्त देखिन्छ । यस कार्यले अहिले जनकपुरधाम उपमहानगरको समग्र स्वास्थ्य प्रभावित भएको छ । जनतालाई विभिन्न किसिमको रोग लाग्ने सम्भावना समेत बढेको छ भने जनकपुरधामको परम्परागत मान मर्यादा माथि समेत प्रश्न उठेको छ । अहिले नेपाल भारतको विच हुने बैबाहिक सम्बन्धका कारण आउँने अतिथिहरु समेत यस ठाउँको ऐतिहासिकतामाथि प्रश्न उठाउँन थालेका छन् । उपमहानगरलाई यदि फोहोमैला व्यवस्थापनमा समस्या भए यस सम्बन्धमा सरोकारबालाहरुसँग समयमै सम्बन्ध राखि यस्तो किसिमको परिवेश आउन दिनुहुदैनथ्यो । यस कार्यको लागि विभिन्न फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरु समेत उपमहानगरले नियुक्त गरेका छन् । तर समयमै फोहोर व्यवस्थापन नहुँदा शहर दुर्गन्धित भएको छ । यस समस्याको निराकरण लैण्डफिल साइट रहेको वा अन्य समस्याबारे समाधान खोज्नुभन्दा पूर्व वर्तमान थुप्र्रिएको फोहोर व्यवस्थापन गर्ने उपाय तुरुन्त सोच्नुपर्ने हरेक जिम्मेबार नागरिक, पदाधिकारी तथा मेयरको रहेको हुँदा यस बारे गम्भीर हुनु जरुरी छ ।