महोत्तरीको गौशालामा जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूल आज देखि संचालन – Jaleshwortoday

महोत्तरीको गौशालामा जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूल आज देखि संचालन

 २ फाल्गुन २०८०, बुधबार २२:५३  
4

जलेश्वरटुडे समाचारदाता
गौशाला, २ फागुन

महाेत्तरीकाे गाैशालामा जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूल संचालनमा आएको छ । गाैशाला नगरपालिका – ५ स्थित गाैशाला बजारमा जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूल संचालनमा आएको हाे ।

बुधबार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाकाे अवसरमा कार्यक्रमका प्रमुख अतिथि गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले विधिवत रुपमा रिवन काटी पुजापाठ गरि जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूललाई उद्वाटन गरेपछि स्कुल संचालनमा आएका छन् ।

प्लेय ग्रुपदेखि कक्षा ६ सम्म रहेको जि.डी.एम. ईङ्गलिश बोर्डिङ्ग स्कूलमा शतप्रतिशत शैक्षिक गुणस्तरको ग्यारेन्टी, आधुनिक शिक्षा पद्धति र बालमैत्री वातावरण भएको स्कुल संचालनमा ल्याएको संचालक सराेज सिंहले जनाए ।

उक्त स्कुलमा खुल्ला प्रतियोगिताद्वारा छनौट गरि नियुक्त गरिएको शिक्षक, शिक्षिकाद्वारा पठनपाठन गराईने,शान्त, स्वच्छ र अनुशासित शैक्षिक वातावरण भएको,विद्यालय प्राङ्गणमै, यथेस्ट खेल मैदान भएको,Montessori, Play Group तथा Smart Class को उचित व्यवस्था भएको, कक्षा १ देखि नै कम्प्यूटर शिक्षा Theoritical & Practical ज्ञान दिने,नियमित Music, Dance, Games, जस्ता अतिरिक्त क्रियाकलाप को व्यवस्था गरिएको,गुणस्तरीय पुस्तककालयको ( E-Library) को व्यवस्था भएको, कक्षा अनुगमनका लागि CCTV क्यामेराको साथै सिक्युरिटी सिस्टमको व्यवस्था गरिएको,शिक्षण सुलभ बनाउन Free Internet / Library को व्यवस्था गरएको Project द्वारा Class Prepration & Class Motivation शिक्षणको व्यवस्था गरिएको,छात्र-छात्रा सबैका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था भएको,गौशाला बजार तथा अन्य ठाउँमा यातायातको व्यवस्था गरिएको,Hostel/Day Hostel को उचित व्यवस्था भएको, विशेषताहरू भएको बोडिङ्ग स्कुल आज देखि संचालनमा आएको संचालक सिंहले बताए ।