
सोनी साह
धनुषा, २ फागुन
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले बुधबार विद्याकी देवी माँ सरस्वतीको पुजा अर्चना तथा विशेष अतिथिहरुलाई टीका,खाँदा तथा मायोको चिनो प्रदान गरी ७ औं वार्षिकोत्सव मनाएका छन् ।
विहानै माता सरस्वतीको पुजाआजा गरी विद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुलाई प्रसाद वितरण गरी टीका लगाएर सम्मान गरिएका थिए । विद्याथीहरुले आफ्नो धर्म तथा संस्कृति झल्कीने किसिमको नृत्य तथा दहेज प्रथा एक अभिशाप भन्ने नाटक समेत प्रस्तुत गरेर आनन्द लिएका थिए । सोही क्रममा विद्यालयमा पुगी माता शारदेको आशिर्वाद लिन आउने विशेष व्यक्तित्वहरुलाई प्रधानाध्यापक प्रा.पवन कुमार साहले टीका,खाँदा तथा मायाको चिनोले सम्मान गरेका थिए । विद्यालयमा अभिभावकदेखि सरकारी कर्मचारी,ईष्टमित्र तथा छात्रछात्राहरुले खचाखच भरिएको थियो । सरकारी निकायबाट मत्सय विकास केन्द्र धनुषाका कर्मचारीहरु,मधेस प्रदेश मिडिया काउन्सिलका शाखा अधिकृत मुनेश्वर यादव,जनकपुर उपमहानगरपालिकाका योजना प्रमुख ऋषिकेश साह लहेरीको उपस्थिति रहेको थियो । बिहिबार माता सरस्वतीको पुजाको विसर्जन तथा पानीमा शेलाउने कार्य विहान ११ बजे गरिने प्र.अ. साहले जानकारी गराउनुभयो ।