नाउपाले मनाए दोस्रो स्थापना दिवस – Jaleshwortoday

नाउपाले मनाए दोस्रो स्थापना दिवस

 ४ फाल्गुन २०८०, शुक्रबार ०१:४२  
11

सोनी साह
धनुषा, ३ फागुन

नागरिक उन्मुक्ति पार्टीले आज विभिन्न कार्यक्रमहरु गरी दोस्रो स्थापना दिवस मनाएका छन् । पार्टीको राष्ट्रिय अध्यक्ष रेशम लाल चौधरीको अनुसार ७७ वटै जिल्लामा पार्टीको स्थापना दिवस मनाउन निर्देशन दिइएका थिए । सोहि अनुसार आज एक कार्यक्रम वीच मधेस प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय उपाध्यक्ष राम कुमार महतोको अध्यक्षतामा २०७८ साल फागुन ३ गते आजैकै दिन नाउपा स्थापना भएकोले दोस्रो स्थापना दिवस मनाइएको हो । सोही अवसरमा जनकपुरधामको भ्रमरपुरा चौकमा पार्टी कार्यालय स्थापना तथा २१ सदस्ययी धनुषा जिल्ला कार्यसमितिको पुर्नगठन गरिएको छ । पार्टीको केन्द्रिय सहमहासचिव प्रा.पवन कुमार साह,बुधन साह,गंगा यादव,सुनिता दास,सुनिता साह,प्रदिप महतो,सरोज पासवान लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी पार्टीको केन्द्रिय कार्यालय अनामनगरमा समेत नाउपाको अध्यक्ष रेशम लाल चौधरीको अध्यक्षतामा पार्टीको दोस्रो स्थापना दिवस मनाइएको छ । सो अवसरमा दिप प्रज्जवलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२१ सदस्ययी जिल्ला कार्यसमिति गठन
नागेन्द्र कुमार महतोको अध्यक्षतामा नाउपाको २१ सदस्ययी धनुषा जिल्ला कार्य समिति चयन भएको छ । सचिवमा सरोज पासवान,कोषाध्यक्षमा ईन्द्रा पाल तथा अन्यमा सदस्यहरु चयन गरिएको उपाध्यक्ष रामकुमार महतोले जानकारी गराउनु भयो ।

424589227_2400558623478248_5668534747074217053_n