महोत्तरीको सम्सीमा महावीर झण्डा कलश यात्राका क्रममा दुई समुदायबीच झडप, ३ जना घाईते – Jaleshwortoday

महोत्तरीको सम्सीमा महावीर झण्डा कलश यात्राका क्रममा दुई समुदायबीच झडप, ३ जना घाईते

 ७ फाल्गुन २०८०, सोमबार ०१:२३  
44

गणेश कुमार सिंह
महोत्तरी, ६ फागुन

सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।घाइते हुनेमा अस्मिता खातुन,गुलशान खातुन,इजराईल नदाफ घाइते भएको जनाएको छ।

सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो ।

झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ।