लागू औषध गाँजा सहित एक जना पक्राउ – Jaleshwortoday

लागू औषध गाँजा सहित एक जना पक्राउ

 १३ फाल्गुन २०८०, आईतवार २०:४३  
1

जलेश्वरटुडे समाचारदाता
रौतहट, १३ फागुन

लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । मिति २०८०।११।१२ गते अं.१४:०० बजेको समयमा प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाच गर्ने क्रममा एक जना युवाको पक्राउ परेका छन् ।
जिल्ला रौतहट गुजरा न.पा.वडा नं.४ लाल बकैया खोला वाँध स्थित चेकजाँच गर्ने क्रम्मा जिल्ला बारा करैयामाई गा.पा. वडा नं.१ हरैया टोल वस्ने अं.बर्ष ३५ को हबिब अंसारीले पिठ्यूमा बोकेको ब्यागबाट लागु औषध गाँजा ४ के.जी. फेला पारी नियन्त्रणमा लिएका छन् ।
उक्त प्रतिवादी आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरमा राखि थप अनुसन्धान कार्य भई रहेको ई.प्रहरी कार्यालय प्रमुखले बताए ।