जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ फागुन
ई—रिक्सा मजदुर संगठन धनुषाको केन्द्रिय कार्यसमितिका पदाधिकारी र जनकपुरधाम उपमहानगरपालिका बीच ६ बुँदे सहमति भएको छ ।
ई—रिक्सा व्यवस्थापन सम्बन्धमा केहि महिनादेखि निरन्तर रुपमा आन्दोलनरत ई—रिक्सा मजदुर संगठनले अन्त्यमा जीत हात पारेका छन् । जनकपुरधाम उपमहानगरको तर्फबाट नगर प्रमुख मनोज कुमार साह तथा उपप्रमुख किशोरी साह र ई—रिक्सा मजदुर संगठनको तर्फबाट केन्द्रिय अध्यक्ष विरेन्द्र महतो तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा ६ वटा निर्णयहरु गरिएका थिए ।ई—रिक्सा दर्ता प्रक्रिया अघि बढाइने,नगरभित्र पार्किंग बोर्ड व्यवस्थापन,चालक पोशाक व्यवस्थापन,चालकको स्वास्थ्य परिक्षण,भाडा दर रेट कायम तथा जिल्ला ट्राफिक कार्यालय,यातायात कार्यालय तथा जउपमनपाको समन्वयमा प्रशिक्षण दिने तथा यी माँगहरु १ महिनाभित्र पुरा गर्ने गराउने सहमति भयो ।अध्यक्ष महतोले संगठनको माँगहरु पुरा भए पछि हर्षको साथ आन्दोलन फिर्ता लिएको बताए ।