
गणेश कुमार सिंह
महोत्तरी, १४ फागुन
मुलुक टाइम्सका महोत्तरी स्थित पत्रकार रोशन कुमार मिश्रमाथि गएराति ८:३० बजे ज्यान मार्ने प्रयास भएको छ ।
एकडाराबाट घर फर्कने क्रममा भटाैलीया नजिक पछाडीबाट आउँदै गरेको सेतो गाडीले कुल्चिने प्रयास गरेकाे पत्रकार मिश्रले बताए । गाडीमा चालक सहित तीनजना सवार रहेको मिश्रको भनाइ रहेको छ । स्थानीय मुस्लिमहरुले पर्व मनाई रहेकोले त्यसै भिडले जोगाउन मद्दत गरेको मिश्रले स्वीकारे ।
मिश्र विगत एकवर्ष भन्दा बढी समयदेखि स्थानीय रिपोर्टिङ गर्दै आएका छ्न् । जनजीवन, समाज, खेलकुद, मनोरञ्जन, शिक्षा, राजनीति, कुरिती, धर्म संस्कार, विकास लगायतका विविध विषमा रिपोर्टिङ गर्दै आएका पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानबि हुनु जरुरी छ । नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण गराउदै पत्रकारहरुको सुरक्षाको प्रत्याभूतिको लागि सरोकारवाला निकाय र समूह जाग्न जरुरी छ ।