नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट शनिबारदेखि – Jaleshwortoday

नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट शनिबारदेखि

 १४ फाल्गुन २०८०, सोमबार २०:२४  
4

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ फागुन

काठमाडौंमा शनिबारदेखि नेपाल पाकिस्तान फ्रेण्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइने छ ।

समूह एमा आयोजक पाकिस्तान दूतावास क्रिकेट क्लब, नेक्सस क्रिकेट एकेडेमी र ओएसिस क्रिकेट एकेडेमी छन् ।

यस्तै समूह बीमा क्रिकेट एक्सिलेन्सी सेन्टर, वाईवाई जीएचसीए र नेपाल राइनोज छन् ।

समूह सीमा स्टार क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र एञ्जल्स हर्ट एकेडेमी छन् ।

समूह डीमा एचके क्रिकेट क्लब, हिमालय क्रिकेट एकेडेमी र ली क्रिकेट एकेडेमी छन् । समूह विजेताले सेमिफाइनल खेल्ने छन् ।

प्रधानमन्त्री कप, केपी ओली कप, एभरेष्ट प्रिमियर कप ईपीएल लगायतका राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भइसकेका खेलाडीले यो प्रतियोगिता खेल्न नपाउने आयोजकले जनाएको छ ।