निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी – Jaleshwortoday

निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी

 १६ फाल्गुन २०८०, बुधबार २१:४७  
mahato-nisedhit-chetra-protest-(13)_zI28TUSldM

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ फागुन

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको छ ।

 

‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो । भद्रकाली क्षेत्रमा प्रदर्शनकारीलाई रोक्ने क्रममा एक जना प्रदर्शनकारी बेहोससमेत बनेका थिए ।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए ।