
यस वर्ष जनकपुरधाम लगायत देश तथा विदेशमा मनाइने विवाहपञ्चमी पुस ४ गते शनिवारको दिन परेको छ । यस वर्ष कोरोना र नेपाल भारत सिमानाका बन्दका कारण तिर्थालु तथा श्रद्धालुहरुका उपस्थिति न्यून रहने विज्ञहरुको आँकलन रहेको छ । यस वर्ष अन्य वर्ष झै भारतको अयोध्याबाट आउने गरेको जन्ती(बारात) समेत नआउने भएको छ । त्यसकारण यस वर्ष बढी औपचारिक कार्यक्रम नभए पनि रामसिता विवाहको महोत्सव भव्य तथा कोरोनाको ख्याल गर्दै सभ्य तरिकाले मनाउने मठ मन्दिरका सन्त तथा महन्तहरुका विश्वास तथा विचार रहेको छ । जनकपुरधाम उपमहानगरले पनि यस वर्ष अन्य औपचारिक कार्यक्रम नगरेर विवाह पञ्चमीको रौनकता तथा अस्तित्व निरन्तर रहिरहोस त्यसको लागि बाटो पेटीमा राखिएका पसलहरुलाई हटाएर भिडभाड नियन्त्रित होस त्यसको लागि मेयर लगायत अन्य बुद्धिजिवि तथा समाजसेविहरुका सहभागिता देखिएको छ ।
तर सिमानाका बन्द भए पनि नेपाल भारतको सम्बन्ध प्राचीन कालदेखि नै बेटिरोटिको रहेको कारण चोरबाटो भएर पनि भारतीय पर्यटक आउने हाम्रो पूर्वानुमान रहेको कारण यस वर्ष पनि विवाहपञ्चमीको रौनकता उल्लेख्य रहने भएकोले सरोकारबालाहरुले व्यवस्थापनमा प्रभावकारिता देखाउनुपर्ने तथा भिडभाड व्यवस्थापनको लागि विभिन्न आवश्यक रणनीति तथा योजनाहरु बनाएर सबल कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने जरुरी छ । नगर सरसफाईमा प्रथम प्राथमिकता दिनु जरुरी छ । मेलामा निःशुल्क मास्क,सेनिटाइज,पानी,औषधी लगायतका समानहरु वितरण गराउनको लागि दातृनिकायहरुसँग सहयोगको लागि अपिल गरेर व्यवस्थापनको लागि अग्रसर हुन जरुरी छ ।