मटिहानीमा १ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा जाँच शिविर सञ्चालन – Jaleshwortoday

मटिहानीमा १ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा जाँच शिविर सञ्चालन

 १९ फाल्गुन २०८०, शनिबार २२:३९  
4

जलेश्वरटुडे समाचारदाता
मटिहानी, १९ फागुन

आज मटिहानीमा १ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा जाँच शिविर संचालन भएको छ । उक्त शिविरको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलद्वारा सु-सम्पन्न भयो ।

सो शिविर समुद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मटिहानी उपशाखाका सभापति राम कुमार मंडल, नेपाल रेडक्रस सोसाइटी महोत्तरीको सदस्य रामजी मंडल,नेपाल नेत्र ज्योती संघ,सागरमाथा चौधरी आँखा अस्पताल लहानका camp supervisor श्री राज कुमार यादव लगायतका doctor team, पूर्व वड़ा अध्यक्ष राम बाबु नायक लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

उक्त शिविर मटिहानी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी महोत्तरीको आयोजना, CBM को आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ,सागरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा संचालन भएको छ ।

सो निःशुल्क शल्यक्रिया सहितको आाखा जाँच शिविरमा निःशुल्क आँखा जाँचको साथै शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरुलाई आँखा तथा कान उपचार केन्द्र जलेश्वरमा लगी अप्रेसन गरिनेछ ।