रौतहट प्रहरीको ठुलो सफलता, १० लाख हुन्डी कारोबारीलाई पक्राउ – Jaleshwortoday

रौतहट प्रहरीको ठुलो सफलता, १० लाख हुन्डी कारोबारीलाई पक्राउ

 २२ फाल्गुन २०८०, मंगलवार १९:५७  
6

जलेश्वरटुडे समाचारदाता
रौतहट, २२ फागुन

रौतहटमा नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ परेका छन् । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवै जनालाई रौतहटस्थित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाको इन्चार्ज माहान्नद यादवबाट गएको प्रहरी टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति शंका लागेको अधारमा उनीहरूले प्रयोग गरेको प्र३०१–०२३ च ५३८५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा उक्त नगद सहित दुवै जनालाई पक्राउ गरिएको हो ।

कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रङको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १ हजार दरको नाट ८५० थान र ५०० दरको ३०० थान जम्मा १० लाख रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।