
गणेश कुमार सिंह
जलेश्वर, २२ फागुन
महाशिवरात्री महोत्सवको अवसरमा महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा सरसफाई कार्यक्रमको शुभारम्भ भएको छ ।
महाशिवरात्री मेला महोत्सव व्यवस्थापन समिति परिवारको आयोजनामा महाशिवरात्री महोत्सव २०८० को शुभअवसरमा सरसफाई कार्यक्रमको अगुवाइ जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले गरेका छन् । यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार राई, उधोग वाणिज्य संघको महासचिव शिवचन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।
सरसफाइ अभियानमा जम रामकुमार सुवालको कमाण्डमा सैनिकहरु, जय प्रकासको कमाण्डमा नेपाल प्रहरीका ३२, सशस्त्र प्रहरी बलका २३ जना र नगर प्रहरी ५ जना लगायतको उपस्थिति रहेको थियो ।