
जनकपुरधामको चर्चित तथा लोकप्रिय पर्वहरु मध्ये विवाहपञ्चमी पनि एक हो । यस उत्सवले पौराणित युगको झझल्को दर्शाउँछ । यस वर्ष जनकपुरधाम लगायत देश तथा विदेशमा मनाइने विवाहपञ्चमी पुस ४ गते शनिवारको दिन परेको छ । यस वर्ष कोरोना र नेपाल भारत सिमानाका बन्दका कारण तिर्थालु तथा श्रद्धालुहरुका उपस्थिति न्यून रहने विज्ञहरुको आँकलन रहेको छ । यस वर्ष अन्य वर्ष झै भारतको अयोध्याबाट आउने गरेको जन्ती(बारात) समेत नआउने भएको छ । त्यसकारण यस वर्ष बढी औपचारिक कार्यक्रम नभए पनि रामसिता विवाहको महोत्सव भव्य तथा कोरोनाको ख्याल गर्दै सभ्य तरिकाले मनाउने मठ मन्दिरका सन्त तथा महन्तहरुका विश्वास तथा विचार रहेको छ । मेयर लगायत अन्य बुद्धिजिवि तथा समाजसेविहरुका सहभागिता अझै बढाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । तर सिमानाका बन्द भए पनि नेपाल भारतको सम्बन्ध प्राचीन कालदेखि नै बेटिरोटिको रहेको कारण भारतीय पर्यटक आउने हाम्रो पूर्वानुमान रहेको कारण यस वर्ष पनि विवाहपञ्चमीको रौनकता बढने भएकोले नगरबासीहरु लगायत अन्य सरोकारबालाहरुले व्यवस्थापनमा प्रभावकारिता देखाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । कारोनाको परिस्थितिको कारण भिडभाड व्यवस्थापनको लागि विभिन्न आवश्यक रणनीति तथा योजनाहरु बनाएर सबल कार्यान्वयनतर्फ ध्यान दिन नगरबासी तथा नागरिक समाज रहेको देखिन्छ । नगर सरसफाई लगायत अन्य जरुरी कामहरु गर्ने नगरबासीको समेत व्यक्तिगत तथा सामाजिक दाँयित्व रहेकोले अरुको भर पर्नु भन्दा आफ्नो काम आफै गरौं भन्ने नारालाई आत्मसात गर्दै अगाडी बढनु आवश्यक छ ।