जलेश्वरटुडे समाचारदाता
चन्द्रपुर, २३ फागुन
रौतहटको चन्द्रपुर-७ स्थित नयाँबस्ती बस्दै आएकाहरुकाे झुपडी बन कार्यालयले भत्काइदिएको छ । स्थानिय धर्मेन्द्र मली डोम, जुगेशर हजारी, अशोक पासवान, विवेक पासवान को झुपडी भत्काइदिएपछि ४ वटा परिवारको बिचल्ली भएको धर्मेन्द्र मली डोमले गुनासाे गरे ।
बिना सूचना वनका कर्मचारी आएर बर्षौँदेखि बस्दै आएको झुपडी भत्काएको उनीहरुको आराेप छ । झुपडी भत्किएपछि बिचल्ली भएको र जाडो मा कहाँ, कसरी बस्ने भन्ने चिन्ता ले सताएको बिबेक पासवान बताउँछन् ।
वन क्षेत्र अतिक्रमण गरि झुपडी बनाएको र पटक पटक हटाउन सुचना दिदा खाली नगरेपछि शनिवार वनका कर्मचारीले हटाएको चन्द्रनिगाहपुर सेक्टर वन कार्यालयका साहयक वन अधिकृत राम केवल राय यादवले जानकारी दिएका छन् ।