बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको बिगुल फुक्न आइपुगे राजेन्द्र महतो जनकपुरधाम – Jaleshwortoday

बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको बिगुल फुक्न आइपुगे राजेन्द्र महतो जनकपुरधाम

 २६ फाल्गुन २०८०, शनिबार १८:२४  
20240309_134617

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २६ फागुन

बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको बिगुल फुक्न लोसपा नेपालको वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाम आइपुगेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा लोसपा नेता संजय कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि भई आईपुगेका महतो अव मधेस मात्र आन्दोलित भएर हुदै मधेसको साथै ७७ जिल्लाका जनताले बहुलराष्ट्रिय राज्य स्थापनाको लागि हामीलाई सहयोग गर्न आवश्यक रहेको बताए । उनले नेपालमा संघिय सहितको लोकतन्त्र आए पनि अहिलेसम्म मधेसी,आदिवासी,दलित,पिछडावर्ग,मुस्लिम लगायतका समुहले आफ्नो पाउनुपर्ने अधिकार पाउन सकेका छैनन् मात्र नेपालमा मात्र बाहुनबादले ग्रसित भई एकै जात तथा एकै समुहले नेपालको शासन व्यवस्था संचालन गर्दै आइरहेको सर्बविदितै भए पनि तिनीहरुलाई परास्त गर्ने एउटै विकल्प राष्ट्रिय मुक्ति क्रान्ति अभियान भएकोले यस अभियानमा लाग्न सबै वर्ग तथा तपका व्यक्तिहरुसँग आग्रह गर्नु भयो । उनले खास गरेर मधेसी समुदायले ६ महिनासम्म गरेको अविस्मरणीय आन्दोलनलाई त्यतिबेला गन्तब्यसम्म पुर्याउन नसके पनि यसपालि समग्र नेपाली जनताको सहयोगले अन्तिम लडाई लडन तथा राज्य संचालन व्यवस्थामा समेत मधेस,दलित,पिछडावर्ग,मुस्लिम,थारु लगायतको नेतुत्व दिलाउन यो अभियानको थालनी मधेस प्रदेशको राजधानी जनकपुरधामबाट गरेको बताए । विभिन्न वक्ताहरुले समेत यस अभियानलाई सहयोग गर्न तथा अगाडी बढाउन आग्रह गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाहरुबाट महिला,बुद्धिजिवि,नेता,कार्यकर्ता,समर्थक,पत्रकार,सरक्षाकर्मी तथा नवप्रवेशीहरुको उपस्थिति रहेको थियो । सभाहल समर्थकहरुले खचाखच भरिएको थियो ।