जनकपुरधाममा राम र जानकीको मटकोर सम्पन्न भई शनिबार स्वयंवर – Jaleshwortoday

जनकपुरधाममा राम र जानकीको मटकोर सम्पन्न भई शनिबार स्वयंवर

 ४ पुष २०७७, शनिबार ०६:५०  
Bibahpanchami

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ पुस

सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन जनकपुरमा मटकोर सम्पन्न भएको छ ।

Image may contain: 2 people, text that says 'विवाहप्चमीको अवसरमा श्री देवअंशी लहेरी स्वजाति समिति जनकपुरधाम-8, दारा संचालित सीताराम भजन तथा नगर परिक्मा कार्यक्रम सौजन्य ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल, शी सत्यनारायण भगवान ज.उ.न.पा- ११, कुवा मो.:- ど१४७७६१७ मा सम्पुर्ण श्रद्दालु तथा यात्रीहरुलाई हार्दिक स्वागत छ P'
शुक्रबार साँझ जनकपुरको गंगासागरमा विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन रामजानकीको मटकोर मनाइएको हो । विवाहको पूर्व सन्ध्या वैदिक परम्परा अनुसार माटोको पूजा गरी मटकोर विधि गरिएको हो ।

Image may contain: 3 people, including Dhirendra Thakuri, text that says 'विवाहपत्चमीको अवसरमा श्री देवअंशी लहेरी स्वजाति समिति जनकपुरधाम- 8, दारा संचालित नि शुल्क पेय जल वितरण कार्यक्रम मा सम्पुर्ण अद्दालु तथा यात्रीहरुलाई हार्दिक स्वागत छ सौजन्य ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल, ज.उ.न.पा-११, कुवा मो.:- १४७७६१७ शी सत्यनारायण भगवान'

जानकी मन्दिरबाट झाँकीसहित आएका साधुसन्त र श्रद्धालुले गंगा सागरको किनारमा मटकोर विधि गरिएको हो । मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो । शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ । मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सिता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ ।

Image may contain: 3 people, text that says 'विवाहपज्चमीको अवसरमा श्री देवअंशी लहेरी स्वजाति समिति जनकपुरधाम- 8, दारा संचालित नि शुल्क स्वास्थ्य तथा परामर्श शिविर मा सम्पुर्ण शद्दाल तथा यात्रीहरुलाई हार्दिक स्वागत छ I शरी सत्यनारायण भगवान सहयोगकर्ता जनक मेमोरियल हस्पिटल प्रा. लि., जनकपुरघाम- τ. रामानन्द चौक सौजन्य ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल, ज.उ.न.पा- १२, कुवा मो.:- どて१४७७६१७'

विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ ।

No photo description available.

शुक्रबार पाँचौं दिन मटकोर, छठौं दिन शनिबार स्वयम्बर तथा शुभविवाह र सातौं दिन आइतबार राम कलेवाको आयोजना गरी विवाहपञ्चमी विधिवत समापन हुनेछ ।

Image may contain: 2 people, text that says 'सफा रहौं र नोवेल कोरोना भाइरसबाट बचौं ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कूल जनकपुरधाम-११ कुवा (एयरपोर्ट रोड) कक्षा PG देखि कक्षा 6 सम्म हाम्रा थप सेवाहरू छात्रावासको सुविधा डे-वोडर्सको सुविधा नामाडनको लागि सम्पर्क नं. 9844027971, 9824877627 प्रिन्सिपल: पवन कु. साह (MBS, B.Ed, PRT) शुभ विवाहपत्चमीको अवसरमा जनकपपुरधाममा पाल्नुभएका सम्पूर्ण श्रद्दालु भक्तजन तथा यात्रीहरुलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौं|'