मेरो सहयोग निरन्तर रहन्छ—सांसद तिमलसिना – Jaleshwortoday

मेरो सहयोग निरन्तर रहन्छ—सांसद तिमलसिना

 २६ फाल्गुन २०८०, शनिबार २१:३१  
3

जलेश्वरटुडे समाचारदाता
चन्द्रपुर, २६ फागुन

रौतहटको क्षेत्र नं. ४ का संघिय सांसद देब प्रसाद तिमलसिनाले ओम शान्तिको भौतिक पुर्वाधार बिकाश र कोष निमार्ण गर्नको लागी आफनो निरन्तर सहयोग रहने बताउनुभएको छ ।शनिबार रौतहटको चन्द्रनिगाहपुरमा ब्रहम कुमारी राजयोग सेवा केन्द्रको आयोजनामा आध्यात्मिक प्रबचन तथा शिवध्वजारोहण कार्यक्रममा सांसद तिमलसिनाले यस्तो बताउनु भएको हो ।
भवन निमार्ण कार्यको पुर्णता र कोष निमार्णमा बिगतका दिनहरुमा पनि सहयोग गदै आएको र आउने दिनहरुमा पनि सहयोग गर्ने संसद तिमलसिनाले प्रतिबद्धता जनाउनुभएको छ । ओम शान्ति भवन हामी सबैको सम्पती भएको र यहाबाट यहीका नागरिकले आध्यात्मिक ज्ञान प्राप्त गर्ने जसले गर्दा यहाको समाज परिर्वतन हुने उहाको धारणा थियो ।

आध्यात्मिक ज्ञानले समाजलाइ सकरात्मक दिशा तर्फ लैजान महत्पुर्ण भुमिका निर्वाह गरिरहेको सांसद तिमलसिनाको भनाइ रहेको थियो ।
यसैगरी महिला नेतृ देबकी नेपालले ब्रहम कुमारी राजयोग सेवा केन्द्रबाट धेरै कुरा आफुले सिकेको र अझै धरै कुरा सिक्न बाकी रहेको बताउनुभएको छ । समाजलाइ सकरात्म दिशा तर्फ उन्मुख बनाउन राजयोगको महत्वपुर्ण भुमिका निर्वाह गदै आएको नेतृ नेपालले बताउनु भयो ।
८८ औ शिव जयन्त्री पर्वको पावन अबसरमा आयोजित महाशिवरात्री नवयुग आगमनको महापर्वको बारेमा ब्रहमकुमारी राजयोग सेवा केन्द्र बिरगंकी क्षेत्रिय संचालिका राजयोगिनी तपसिबीनी रबिना दिदीले प्रकाश पार्नुभएको थियो । उहाले शिवको महिमा र महाशिवरात्रीको महत्व र इतिहासबारे समेत उहाले जानकारी गराउनुभएको थियो ।
यसैगरी कार्यक्रमका अर्का अतिथि तथा हिन्दु महासंघ रौतहटका अध्यक्ष शालिग्राम उपाध्यायले ब्रहमकुमारी राजयोग सेवा केन्द चन्द्रनिगाहपुरले गदै आएको कार्यहरुको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत यादब भण्डारी,समाजसेवी अजय साह,बिशिष्ठ राजयोग प्रशिक्षक ब्रहम कुमार गुणराज भाइजी, ब्रहम कुमारी राजयोग चन्द्रनिगाहपुरकी संचालिका ब्रहम कुमारी मैया दिदी लगायतको स्थानिय बुद्धिजिबी,भद्रभलादी लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा शिव भगवानको ८८ औ जन्मजयन्तीको अबसर पारेर केक समेत काटेर मनाइएको थियो ।