
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २६ फागुन
अभिनेता अनुपम खेर निर्देशकमा कम ब्याक गर्ने भएका छन् । फिल्म ‘तन्वी : द ग्रेट’ मार्फत उनले २२ वर्षपछि निर्देशनमा कम ब्याक गर्न लागेका हुन् ।
फिल्म अनुपमले आफ्नो ब्यानर अनुपम खेर स्टुडियोबाट बनाउन लागेका हुन् । फिल्मको कथा म्युजिकल स्टोरी बताइएको छ । जसमा उनले ३ वर्षदेखि काम गरिरहेका थिए । फिल्मको घोषणासँगै उनलाई कयौँ सेलिब्रेटीले बधाई तथा शुभकामना दिएका छन् ।
अनुपमले २००२ मा ‘ओम जय जगदीश’ निर्देशन गरेका थिए । विभिन्न भाषा गरेर करिब ५०० फिल्म अभिनय गरेका उनको फिल्म ‘ओम जय जगदीश’मा अनिल कपुर, अभिषेक बच्चन, फरदीन खान, महिमा चौधरी, उर्मिला मातोंडकर, तारा शर्मा लगायतको अभिनय रहेको थियो । फिल्म बक्सअफिसमा फ्लप सावित भएको थियो ।