जलेश्वरटुडे समाचारदाता
रौतहट, २६ फागुन
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा रौतहटको परोहा नगरपालिकामा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सुरु भईको छ ।
परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा स्थित माध्यमिक विद्यालयमा आज विहान ८ बजे देखि भएको स्वास्थ्य शिविर दिउसो ३ बजे सम्म संचालन भएको हो ।
शिविरलाई सशस्त्र प्रहरी परिवार महिला संघको अध्यक्ष सुनिता लामिछाने अर्यालले उदघाटन गर्दै यश क्षेत्रका स्वास्थ्य समस्या लाई समाधान गर्ने हेतु सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको बताईन ।
परोहा नगरपालिकाको नगरप्रमुखको अध्यक्षतामा सुरु भएको स्वास्थ्य शिविरको उदघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपा प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाको कर्णेल गंगाबहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय सिह सहितका एपिएफ अस्पतालका चिकित्सकहरु सहित स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
“सशस्त्र प्रहरी बल नेपालको सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत” नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण भईरहेका छन् ।
सो निशुल्क शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको समेत परिक्षण गरिने बताइएको छ ।