
धर्वेन्द्र कुमार यादव(यदुवंशी)
महोत्तरी, ३ पुस
गौशाला नगरपालिकाद्वारा लक्ष्मिनिया स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ ।
शुक्रबार गौशाला नगरपालिका द्वारा वडा नम्बर १२ को कान्तिबजार स्थित लक्ष्मिनिया स्वास्थ्य चौकीको प्रांगणमा एक समारोहबीच एम्बुलेन्स सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुखः शिवनाथ महतोको हातबाट एम्बुलेन्सको कागजपत्र तथा साचो स्वास्थ्य चौकी लक्ष्मिनियाका संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्षः कृष्ण बहादुर विश्वकर्मालाई हस्तान्तरण गरेको थियोे ।
कार्यक्रममा नगर प्रमुखः महतोले स्थानीयहरुबाट आएका मागहरुलाई सम्बोधन गर्दै स्वास्थ्य चौकीमा संचालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थापन गर्ने, कान्तिबजारलाई पनि सरसफाइमा ध्यान दिने र कान्तिबजार देखि जमुनिया पुलसम्मका अधुरो बाटोलाई समेत आँउदो आर्थिक वर्षमा बजेट वियोजन गरि सबै समस्याहरु समाधान गर्न प्रतिबद्धता जनाउनु भयो । यसै गरी कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुखः आशा लामाले बर्थिङ सेन्टर लगायत विकास निमार्णका कामहरुमा सुरु गर्ने बेलामा धेरै किसिमको समस्याहरु आएका बाबजुद पनि हामीले सुरु गरेको छौ र यसलाई विस्तारै सुधार गर्दै जाने बताएका छिन् ।
र एम्बुलेन्स उपलब्ध भएर मात्र हुदैनन् यसलाई राम्रोसँग व्यवस्थापन गरेर चलाउनु पर्याे । कार्यक्रमका विशिष्ट अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतः बिरेन्द्र जंग थापा यो एम्बुलेन्स खरिद गर्न धेरै अप्ठ्याराहरु आएपनि खरिद गरी हस्तान्तरण गर्न सफल भएको र यसलाई राम्रोसँग व्यवस्थापन गरि चलाउनु पर्याे र यसमा सबै स्थानीयहरुको साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगरपालिका स्वास्थ्य शाखा संयोजकः राम प्रगास महतो, सह(संयोजकः मनोज सिंह, अखिल नेपाल किसान महासंघ उखु विभाग प्रमुख तथा केन्द्रीय उखु उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष रामचन्द्र सिंह कुशवाहा, वडा सदस्यहरु, स्वास्थ्य चौकी लक्ष्मिनियाका प्रमुख लगायत स्वास्थ्यकर्मीहरु, वडा सचिव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उधोग बाणिज्य संघ कान्ति बजारका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।