मटिहानी नगरपालिकामा बुधबार परिक्रमा आउदै,स्थानीय बिदाको घोषणा – Jaleshwortoday

मटिहानी नगरपालिकामा बुधबार परिक्रमा आउदै,स्थानीय बिदाको घोषणा

 २९ फाल्गुन २०८०, मंगलवार २१:४९  
2

सोनी साह
मटिहानी, २९ फागुन

महोत्तरी जिल्लाको मटिहानीमा बुधबार मिथिला मध्यमा परिक्रमा आउने भएको छ । सो अवसरमा श्रद्धालु ऋषिमुनि तथा साधुसन्तको लागि सबै तयारी भईसेकेको नगरप्रमुख हरि प्रसाद मण्डलले जानकारी गराउनु भयो । स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य अत्यावश्यक व्यवस्था गरिएको नगरप्रमुख मण्डलले जानकारी गराउनुभयो । यस अवसरमा लक्ष्मी नारायण मन्दिर तथा गंगा आरती स्थल लाई झिलिमिलि बनाइएको छ भने परिक्रमा स्थल लगायत सम्पूर्ण नगरलाई सफासुग्घर बनाइएको छ । साथै यसै अवसरमा बुधबार अत्यावश्यक काम बाहेक नगरभित्र सार्वजनिक विदा समेत दिइएको छ । मिथिला बिहारी तथा किशोरी जीको डोलालाई नगर प्रमुख स्वयंले स्वागत गर्ने कार्यक्रम रहेको छ । साथै सबै नगरबासीलाई साधुसन्त लगायत डोलासँगै सहभागि हुन अनुरोध समेत गरेको नगरप्रमुख मण्डलले बताउनु भयो ।

3