गाँजासहित एक युवक पक्राउ – Jaleshwortoday

गाँजासहित एक युवक पक्राउ

 २९ फाल्गुन २०८०, मंगलवार २२:०१  
9

जलेश्वरटुडे समाचारदाता
रौतहट, २९ फागुन

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ नुनथर स्थितमा शंकास्पद रुपमा सामानसहितको बोरा बोकी सिन्धुलीदेखि पौराइतर्फ आइरहेका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. १ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङ रहेका छन् । उनको साथबाट १५ किलो ४ सय ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा राखिएको छ । पक्राउ परेका तामाङलाई लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।