जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ फागुन
महोत्तरी जिल्ला क्षेत्रमा आउने मिथिला मध्यमा परिक्रमाको दिन माछामासु तथा मदिरामा प्रतिबन्ध लगाइएको महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी गराउनु भएको छ । निर्देशनको उल्ङघन भए कानुन बमोजिम कारबाही समेत भई जाने भएकोले सहयोग गरिदिन हुनको लागि समस्त जिल्लाबासीसँग आग्रह गर्नु भयो ।