मधेश प्रमुख सुवेदीसहित तीन नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ – Jaleshwortoday

मधेश प्रमुख सुवेदीसहित तीन नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

 ३० फाल्गुन २०८०, बुधबार २२:३६  
2

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० फागुन

तीनवटा प्रदेशका नवनियुक्त प्रदेशहरुले तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त प्रदेश प्रमुखहरु मधेशकी सुमित्रा सुवेदी, गण्डकीका डिल्लीराज भट्ट र सुदूरपश्चिमक नजिर मियाले पद तथा गोपनियताका शपथ लिएका हुन् ।

उनीहरु राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

गत सोमबार मन्त्री परिषदबाट तीनैजनालाई प्रदेश प्रमुख नियक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो । उनीहरुलाई बुधबार नै राष्ट्रपति पौडेलले प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

मन्त्री परिषदकै सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि विगतमा नियुक्त भएका कांग्रेस निकट प्रदेश प्रमुख हटाएर एमाले निकटका व्यक्तिहरु प्रदेश प्रमुख नियुक्त भएका हुन् ।