सोनी साह
धनुषा, २ चैत्र
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एउटा कार्यक्रम वीच पुरस्कार वितरण तथा सम्मान कार्यक्रम समपन्न गरेको छ ।
मधेस प्रज्ञा प्रतिष्ठानको सदस्य दिनेश यादवको प्रमुख आतिथ्यमा फुलको बोटमा पानी हालि कार्यक्रमको शुरुवात गरिएको थियो । सो कार्यक्रममा मगही अन्तर्राष्ट्रिय संघको अध्यक्ष डा.वीर बहादुर महतो तथा नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष राम कुमार महतोलाई विशिष्ट अतिथिको आसन ग्रहण गराइएको थियो । त्यसैगरी उपस्थित सम्पूर्ण अभिभावकहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । पिछडावर्ग महासभाको सहमहासचिव नागेन्द्र सिंह,ईरिक्सा मजदुर संगठनको अध्यक्ष विरेन्द्र महतो,शिव बाबा युवा कमिटी कुवाको अध्यक्ष दिलिप दास,जलेश्वर टुडे रा.दैनिकको महोत्तरी जिल्ला संवाददाता जेटिए गणेश कुमार सिंह तथा समाजसेवि मन्ना झाको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि यादवले विद्यार्थीहरुको मनोवल उच्च पार्दै उत्कृष्ट तथा अन्य विद्यार्थीहरुलाई बधाई दिदै विद्यालय शिक्षाको बारेमा बखान गर्नु भयो । मधेस प्रज्ञा प्रतिष्ठानले समेत विद्यार्थीहरु ज्ञान,कला तथा शिपको उच्च सम्मान गर्ने भएकोले यसबाट लाभ लिन सबैजनालाई आग्रह गर्नु भयो । त्यसैगरी विशिष्ट अतिथि डा.वीर बहादुर महतोले यो विद्यालयले जनकपुरधाम भरीमा राम्रो,भरपर्दाे तथा व्यहारिक ज्ञान दिन अद्वितिय रहेको बताउनुभयो । विद्यालय जिवनमा विद्यार्थीहरुले यस किसिमको परिवेश पाउनु विद्यार्थीहरुको लागि गर्व र अवसरको कुरा रहेको बताउनुभयो । त्यसैगरी अर्का विशिष्ट अतिथि नाउपा उपाध्यक्ष राम कुमार महतोले यस विद्यालयले अहिलेसम्म विद्यार्थीहरुलाई राम्ररी अध्ययन अध्यापन गराएर जनकपुरधाममा ब्राण्ड बनाउन सक्नु प्रशंसनिय कार्य गरेको बताउनुभयो । यतिमात्र होइन यस विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा गरिब तथा सबै स्तरका अभिभावकलाई प्रदान गर्न सफल भएकोले यस विद्यालयमा नामाँकन गराई बढी भन्दा बढी लाभ लिन उपस्थित समस्त अभिभावक लगायत अन्य अभिभावक समेतलाई आग्रह गर्नुभयो । साथै वहाँले यस्ता विद्यालयलाई सहयोग तथा पुरस्कुत गर्न उपमहानगरलाई समेत आग्रह गर्नुभयो ।
साथै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई खाँदा तथा विशेष मायाको चिनोले प्र.अ.प्रा.पवन कुमार साहले सम्मान गर्नु भएको थियो । विद्यालयको उयस विद्यालयको ७ औं वार्षिकोत्सव तथा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन पछिको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका, कर्मचारी,अभिभावक तथा स्थानिय समाजसेवी तथा पत्रकारहरुलाई
खाँदा तथा मायाको चिनोले सम्मान गरिएको थियो । वरिष्ठ शिक्षक सरोज कुमार झालाई सर्भिस फर लौंग पिरीयड पुरस्कारबाट तथा अर्का वरिष्ठ शिक्षक विवेकानन्द झालाई बेस्ट टिचर एटेन्डेन्स पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसैगरी सोहि कार्यक्रममा सुनचाँदी शिल्प कारिगढ संघ जनकपुरधामको सदस्य तथा यस विद्यालयको अभिभावकले अजय ठाकुरले विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहलाई चाँदीको जानकी मन्दिरको प्रतिमा अंकित मायाको चिनोले सम्मान गर्नु भएको थियो । त्यसैगरी यस विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरुले सरपराइज सम्मान स्वरुप आफ्नो हातले पानी र फुलले वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा तथा प्रधानाध्यापक प्रा.पवन कुमार साहको खुट्टा धोई गमछा,डायरी तथा कलमले सम्मान गरी ज्ञान गंगाको नाम झै उच्च नैतिकता तथा संस्कारको प्रदर्शन गरेका थिए । त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले ज्ञानबद्र्धक तथा समाजसुधारक नृत्य तथा दाईजो लिनु समाजिक अपराध हो भन्ने शिर्षकमा सानो नाटक समेत मञ्चन गरेका थिए ।कार्यक्रममा कक्षा ४ मा अध्ययनरत छात्र गोपि शर्माले प्रसिद्ध जनकपुरधामको बारेमा आफ्नो विचार राखेका थिए ।
तेस्रो त्रैमासिक परीक्षामा प्रथम,द्वितिय,तृतिय तथा विद्यालय उत्कृष्ट गरेका विद्यार्थीहरुलाई प्रमुख अतिथि,विशिष्ट अतिथि,प्रधानाध्यापक,उपप्रधानाध्यापक सोनी साह,संयोजक संगिता श्रेष्ठ,डिसिप्लिन ईन्चार्ज राधा साहले पालै पालो मेडलले सम्मान गरेका थिए । त्यसैगरी बेस्ट एटेन्डेन्स तथा बेस्ट युनिफर्म आदित्य राज कुमार साहलाई तथा जुनियर तर्फबाट आरुसि मिश्रा र बेस्ट डायरी पुरस्कारले राधिका महतोलाई सम्मान गरिएको थियो । त्यसैगरी नृत्यतर्फ प्रथम जुहि पजियार,द्वितिय गुरिया दास तथा तृतिय विरेन्द्र दासलाई र नाटकतर्फ प्रथम धिरज महतो,द्वितिय राधा महतो तथा तृतिय अर्जुन साहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तथा उद्घोषण जय मिश्रले गर्नु भएको थियो । अन्त्यमा अध्यक्ष साहले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सबैजना प्रति आभार व्यक्त गर्नुभयो ।