रौतहट प्रहरीको ठुलो सफलता भारतीय गोली हान्ने ३ जना अपराधी पक्राउ – Jaleshwortoday

रौतहट प्रहरीको ठुलो सफलता भारतीय गोली हान्ने ३ जना अपराधी पक्राउ

 ३ चैत्र २०८०, शनिबार ००:०८  
1

जलेश्वरटुडे समाचारदाता
रौतहट, २ चैत्र

रौतहटको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । उक्त घटनामा तीन जना लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरुले बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर गोली प्रहार गर्दा साहको कान छेडेर गोली बाहिर निस्केको प्रहरीले जनाएको छ ।सो वार्डका वडाध्यक्ष कफिल अन्जमका अनुसार दिउँसो १२ बजे करिब अपाची मोटरसाइकल चढेर आएका ३ जना लुटेराहरुले संचालक नितेश साहलाई गोली प्रहार गरी पैसा लुटेर भागेका थिए । पैसा लुटेर भारततर्फ भागेका उनीहरुलाई स्थानिय र प्रहरीले पिछा गर्दै भारतीय सिमा नजिक नन्का घ्युरा बोर्डरबाट पक्राउ गरिएको उनले बताए ।

गोली लागि घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा उपचार गरि हाल थप उपचारको लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ । उनको कानको पछाडी पट्टी घाउ देखिएको, अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घटनास्थलबाट भारतीय सिमाबाट करिब ५ सय मिटर मात्रै टाढा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताएकाछन्।रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको थियो भने प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका भारत बिहार राज्यको मोतिहारी निवासी मुनिफ यादव,चन्द्रभान सिंह ,राजा कुमार पसमान ।